आगामी चुनावमा उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एकै चुनाव चिह्न प्रयोग गर्ने

काठमाडौं : उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेका छन्। दुई दलबीचको सहमतिअनुसार उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’लाई नै संयुक्त प्रतीकका रूपमा उपयोग गरिने भएको हो।

उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा सञ्चालन हुँदै आएको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारले स्थापना गरेका हुन्।

बुधबार काठमाडौंमा सम्पन्न छलफलपछि दुवै दल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमतिमा पुगेका हुन् ।

आपसमा भएको सहमति तथा चुनाव चिन्ह प्रयोगका लागि आवश्यक प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा निवेदन दिन दुवै दल तयारी अवस्थामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित