कञ्चनपुरमा एमाले महाधिवेशन प्रतिनिधि छनोट तिव्र : क्षेत्र १, २ र ३ मा आकांक्षीको भिड

कञ्चनपुर । आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुरका तीनै क्षेत्रबाट प्रतिनिधि चयन प्रक्रिया तिव्र बनेको छ। जिल्लाभर आकांक्षीहरूको भीड बढ्दै जाँदा आन्तरिक राजनीतिक सरगर्मी अझै चर्किएको छ।

क्षेत्र नं. ३ मा महिला तर्फबाट चिनी गिरी मात्र निर्बिरोध बनेकी छन्। अन्य पदहरूमा भने आकांक्षीहरूको चहलपहल बाक्लिँदै गएको छ।

क्षेत्र नं. १ मा सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीरबहादुर थापा (पातल), एमाले जिल्ला सचिव पल्लवराज भट्ट, पूर्व जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङ, लालबहादुर चौधरीसहितका वरिष्ठ नेतादेखि महिला तथा युवातर्फ पनि धेरै आकांक्षी मैदानमा उत्रिएका छन्।

महिला तर्फ : पूर्ण कुमारी गुरुङ, शान्ति तामाङ, कल्पना गिरी, कमला चौधरी, युवा तर्फ : सुरेन्द्र शाही, कमल कुमार रोकाया, काशीराम बोहरा देखिएका छन् ।

क्षेत्र नं. १ का युवा नेता शंकर भट्टका अनुसार सहमतिमा महाधिवेशन प्रतिनिधि टुंग्याउने प्रयास जारी रहेको छ।

क्षेत्र नं. २ मा पनि आकांक्षीको संख्या उल्लेखयोग्य छ। एमाले युवा नेता जगत सिंहका अनुसार जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपसचिव अशोक चन्द, गणेश सिंह ऐरी, जगत बचन बहादुर सिंह, लोकराज पन्त, लोकेन्द्र ऐरी, कर्ण बहादुर हमाल, सुशिला सिंह, पार्वती जोशी, लक्ष्मी विक, कुबेर खड्का, रमेश भट्ट, नरेश सिंह र सानु मल्ललगायतले उम्मेदवारी दिएका छन्।

क्षेत्र ३ नेतृत्व पददेखि युवा पुस्तासम्मको उपस्थिति : क्षेत्र नं. ३ मा पार्टी उपाध्यक्ष जनकराज अवस्थी, महेश प्रसाद पन्त, किशोर कुमार लिम्बु, विष्णु कँडेल, ओम बस्नेत, केशव चन्द, श्याम भट्ट, नरेन्द्र कार्की र ओमकार पन्तलगायतका आकांक्षी प्रतिस्पर्धामा छन्।

जिल्लाका तीनै क्षेत्रमा आकांक्षीको चाप बढेकाले विविधता, अनुभव र समावेशितालाई प्राथमिकतामा राख्दै शनिबार एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गरिने जनाइएको छ।

यस पटकको ११औँ राष्ट्रिय महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको छ, जसले संगठनलाई एकताबद्ध गर्दै आगामी राजनीतिक यात्रालाई सशक्त बनाउन लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित