बेलडाँडी । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम बाट नेकपा एमाले बेलडाँडीले न्याय पाएको ऐतिहासिक दिन बनेको छ । बेलडाँडी एमालेले इतिहासमै पहिलो महाधिवेशन प्रतिनिधिका रुपमा कल्पना गिरीलाई हिजो भएको निर्वाचनबाट पाएका छन् ।
संगठित सदस्य थोरै भएकाले बेलडाँडीले अहिले सम्म महाधिवेशन प्रतिनिधी पाउनबाट बन्चित हुने गरेको थियो । तर नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि महिला कलस्टरबाट बेलडाँडीकी कल्पना गिरीलाई क्षेत्र नं.१ का संगठित सदस्यहरुले मतदान गरि महाधिवशेन प्रतिनिधीमा छनौट गरेका हुन् । बेलडाँडी भुगोलको प्रतिनिधित्व गर्दै गिरी निवार्चित भएपछि बेलडाँडीका युवा नेता अक्कल बहादुर बिष्टले हार्दिक बाधाई दिदै “यो निर्वाचनले महिलाको मात्र प्रतिनिधित्व होइन बेलडाँडी कै ऐतिहासिक प्रतिनिधित्व गरेको प्रति खुसी ब्यक्त गर्नु भयो ।”
उहाँले भन्नु भयो “हामीले पार्टी संगठनमा बारम्वार बेलडाँडीको प्रतिनिधित्व गराउनु पर्छ भन्ने लामो आवाजले आज आएर न्याय पाएको बताउनु भयो । समावेशी ढंगले अहिले पार्टी अघि बढीरहेको संकेत समेत भएको उहाँको ठहर छ ।”
बेलडाँडीमा सांगठनिक सदस्य पौने ३ सय मात्र रहेको र क्षेत्र भरी २०८७ सांगठनिक सदस्य रहेका छन् । उनीहरु मध्ये १०६० मत खसेका थिए । जस मध्ये बेलडाँडीकी गिरीले ५१४ मत प्राप्त गर्दै बिजयी भएकी थिइन् ।
विजयी भएकी गिरीले सम्पूर्ण मतदाता, नेता कार्यकर्ताहरु प्रति हार्दिक आभार प्रकट गर्दै पार्टी संगठनले दिएको जिम्मेवारी पुर्णरुपले पालन गर्दै बेलडाँडी भूगोलबाटै ऐहिहासिक उपलब्धी भएको बताए । “बेलडाँडीले बेलडाँडीको महाधिवेशन प्रतिनिधित्व चाहदा चाहदै पनि नहुने स्थिति हो थियो तर बेलडाँडी, लालझाडी, पुनर्वास र बेलौरीले समेत बेलडाँडीबाट प्रतिनिधित्व लैजानु पर्छ भन्ने उदेश्यका साथ मलाई बिजयी गराएको बताई ।”
उनले भने अहिले सम्म बेलडाँडी कै इतिहासमा महाधिवशेन प्रतिनिधी छनौटमा पर्न सकेका थिएनन् । यस पाली क्षेत्रकै मतदाताहरुले बेलडाँडीलाई पनि छुटाउनु हुदैन भन्दै निर्वाचित गराएको बताउनु भयो ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा बेलडाँडीकी प्रतिनिधी पनि ऐतिहासिक पहिलो पटक सहभागि हुने छन् । यसले बेलडाँडीका नेता कार्यकर्ताहरु उत्साहित भएका छन् ।
यस्तै क्षेत्र नं.१ खुल्ला तर्फ : वीर बहादुर थापा – ६३९ मत, र पल्लव राज भट्ट – ४९८ मत, प्राप्त गर्दै प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ । महिला तर्फ : कमला चौधरी –५१७ मत र कल्पना गिरी –५१४ मत प्राप्त गर्दै विजयी स्थान सुनिश्चित गर्न सफल हुनुभएको हो । युवा तर्फ : काशिराम बोहरा– ५२१ मत प्राप्त गर्दै प्रतिनिधि पदमा निर्वाचित हुनुभएको छ ।














Discussion about this post