काठमाडौं :नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र हुने हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएको बताएका छन्। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नयाँ लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनभित्र हुने परिवर्तनलाई सामान्य र आवश्यक प्रक्रियाका रूपमा व्याख्या गरे।
ओलीले कमिटी तथा नेतृत्व संरचनामा समयानुकूल पुराना हट्ने, नयाँ आउने क्रम जारी रहने उल्लेख गर्दै भने, “पुनर्गठन हुनुपर्छ, हस्तान्तरण–पुस्तान्तरण हुनुपर्छ भनेर जोडेर भन्नुपर्ने विषय होइन। यो स्वभाविक हो, हुनैपर्छ।”
उनका अनुसार संगठनका आवश्यकता र समयको मागअनुसार नेतृत्वमा रूपान्तरण हुने भएकाले यस विषयमा अनावश्यक हल्ला र व्याख्या आवश्यक नपर्ने स्पष्ट पारे।
ओलीले पार्टीमा अधिवेशनको प्रयोजन पनि यही प्रक्रियासँग जोडिने उल्लेख गर्दै भने, “अधिवेशन विधि–विधान, संगठनात्मक नीति, राजनीतिक कार्य तथा आगामी मार्गनिर्देशनका प्रश्न समाधान गर्ने थलो हो।”
उनले पार्टीलाई सुदृढ, व्यवस्थित र समयअनुकूल बनाउन निरन्तर सुधार र पुस्तान्तरण आवश्यक रहेको दोहो¥याएका छन्।






















Discussion about this post