बेलौरी । बेलौरी नगर खेलकुद समितिले खेलमैदानमै खेलाडीमाथि भएको कुटपिट प्रकरणबारे हिजो शुक्रवार सुटुक्क केहि बेलौरीका पत्रकार बोलाई पत्रकार सम्मेलनमार्फत समितिका अध्यक्ष रामेश्वर न्यौपानेले नघटनुपर्ने घटना घटेको र पिडित खेलाडीको स्वास्थ्य अवस्थामा कसरी सुधार ल्याउने भन्नेमा समिति लागेको जनाउदै केही मिडियाले आफ्नो ‘चरित्र हत्या’ गरेको आरोप लगाएका छन् । तर स्वतन्त्र रूपमा उठेका जनअसन्तुष्टि र तथ्यहरूले भने न्यौपानेकै भूमिकामाथि गम्भीर प्रश्न खडा गरिरहेको छ ।
खेलाडी कुटिएको १८ गतेकै घटनाबारे ४ दिनसम्म समिति किन मौन बस्यो ? किन औपचारिक निर्णय जारी गरिएन ? र, किन खेल रोक्ने निर्णय घटनाको भौतिक अवस्था बिग्रिसक्दा र मिडियाले निरन्तर खबरदारी गरेपछि मात्र आयो ? यी प्रश्नहरूको जवाफ अध्यक्ष न्यौपानेले पत्रकार सम्मेलनमै दिन सकेनन् ।
प्रत्यक्षदर्शी र भिडियो प्रमाणअनुसार, कुटपिट भएर खेलाडी गम्भीर घाइते हुँदा पनि आयोजक समिति तत्काल खेल रोक्न तयार थिएन । बरु, खेल निरन्तर जारी राख्दै घाइतेको बेवास्था गरेको आरोप समितिमाथि खुलेर उठेको छ ।
मिडियाले घटनाको वास्तविकता सार्वजनिक गरेपछि मात्र खेल रोकियो, समितिको सुटुरपुटुर चल्यो र केहि पत्रकारहरुलाई सुट्टुक बोलाएर पिडित माथी मलम लगाए जस्तो गरि न्योपाने बोले ।
त्यसपछि भने न्यौपानेले उल्टै मिडियामाथि ‘मेरो फोटो हालेर चरित्र हत्या गरियो’ भन्ने आरोप लगाएका छन्, जसले घटनालाई ढाकछोप गर्न खोजिएको हो कि भन्ने शंका अझै गहिरिएको छ । किनकी घटना घटेकै दिन समितिको तर्फबाट दोषीमाथि उजुरी किन दिएनन् ?
खेलाडीसँग दुव्र्यवहार गर्ने कुटपिटकारी पहिचान भइसक्दा समेत समितिले प्रहरीमा खेलमाथी प्रहार गर्नेहरुलाई तत्काल कार्वाही गर्न किन भनेन् ? जस्तो तमाम सवाल अझै समितिमाथी बढ्दै गएका छन् । मिडियामा घटना आउनु भन्दा पहिला समितिले किन दोषीलाई कार्वाही गर्ने प्रक्रिया चालेन भन्ने जनजनमाझ बढ्दै गएको छ ।,
यदि न्यौपानेले घटना ‘अचानक भयो’ भन्छन् भने दोषीलाई कानुनी कारबाहीमा लैजाने काम पनि तुरुन्त गर्नुपर्ने थियो । तर समिति मौन बस्यो, यसले समितिको इच्छाशक्ति र निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
वडा नं.१० का युवाहरुले दोषीमाथि कारबाही र जिम्मेवारी लिन नसक्ने नगर खेलकुद समिति खारेज गर्नुपर्ने भन्दै नगरपालिकालाई नै घेराउ गरेपछि अध्यक्ष न्यौपानेले हतार–हतार पत्रकार सम्मेलन बोलाएर आफूलाई बचाउने प्रयास गरेको स्थानीयको आरोप छ ।
अहिले समितिको भूमिकाप्रति फैलिएको असन्तुष्टि हेर्दा “मिडियाले चरित्र हत्या गर्यो” भन्ने न्यौपानेको भनाइभन्दा समितिले नै घटनालाई चार दिनसम्म अन्धकारमै राखेको
भनेर उठेका आवाज बढी तर्कसंगत देखिन्छन् ।























Discussion about this post