बेलडाँडीमा समातिएको ५५ बोरा मल ‘रातारात’ सहकारीलाई फिर्ता : दुई वर्षअघि महिलाहरुको सहकारीलाई तुरुन्तै कारबाही गर्ने समिति अहिले किन अड्कियो ?

बेलडाँडी । बेलडाँडीका किसानको नाममा इन्ट्री गरी कैलालीको भजनीतर्फ लैजाँदै गरिएको ५५ बोरा मल गत बिहीबार (१८ गते) राति स्थानीयको सतर्कतामा नियन्त्रणमा परेको थियो । वडा नं. ५ इमलिया नजिक शंका लागेपछि स्थानीयले दिएको सूचनामा पुगेको प्रहरीले ट्रलीसहितको मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखेको थियो ।

तर, मल समातिएको ५ दिन नबित्दै प्रहरीले उक्त मल बागेश्वरी उपभोक्ता सहकारी र कामना बचत तथा ऋण सहकारीको जिम्मा लगाएको छ । जिम्मा लगाएको तेही रात सहकारीहरूले मल आफ्ना गोदाममा लगेका छन् ।

यता, समातिएको ६ दिन बितिसक्दा पनि मल वितरण व्यवस्थापन समिति भने कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा कुनै निर्णयमा पुगेको छैन । शान्ति नाथ नेतृत्वको यसै समितिले दुई वर्षअघि बेलडाँडीकै साना किसान महिला सहकारीले बेलडाँडीकै किसानको नाममा इन्ट्री भई बेदकोटका दुई जना किसानलाई २/३ बोरा मल दिएको मात्र आरोपमा तत्काल वितरण अधिकार खोसिदिएको थियो ।

तर अहिले ५५ बोरा मल बाहिर लैजाने जति ठूलो मामला परे पनि समितिका संयोजक नाथ पूर्ण मौन छन् । समितिले निर्णय नलिएपछि प्रहरीले नै मल सहकारीलाई फिर्ता गरेको हो । प्रहरीले भन्यो भारतीय अवैध मल भएको भए भन्सार पठाउन हुने थियो नेपाली बैध मल हो सहकारीको मल हो सहकारीलाई नै पठाइदिएको जनाएका छन ।

स्थानीयवासीको आरोप छ, बेलडाँडीका महिलाहरुले चलाएको सहकारी भएकाले मात्र दुई वर्षअघि समितिले अत्यधिक कठोर कारबाही गरेको र अहिले समातिएको सहकारीहरू समितिका संयोजक नाथको राजनीतिक निकट भएकाले कारबाही गर्न समिति अड्किएको हो भन्ने आरोप लगाएका छन् ।

‘समान व्यवहार’ गर्ने नाममा समितिले चरम पक्षपात गरेको त हैन भन्नेमा स्थानीय स-संकित बन्दै गएका छन् ।

५५ बोरा मल बाहिर जाँदै गर्दा समातिएको यो प्रकरणले गाउँपालिकाभित्रै ठूलो तरंग ल्याएको छ। अब समितिले कस्तो कारबाही गर्छ वा मामिला अल्झाएर बिताइन्छ, यही प्रश्न गाउँभरि चर्किएको छ।

यस विषयमा हामीले समितिका संयोजका तथा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई कल गरेर बुझ्न खोज्दा १० सेकेन्ट सम्म नबोलर पछि अर्कालाई कुरा गर्न दिएको स्पष्ट सुनिन्छ । हामीले साढे ११ बजे गरेको फोनमा उपाध्यक्ष ज्यूलाई कल ब्याक गर्न लगाइदिनु होला भनेको पनि हामीले समाचार तयार पार्दा सम्म २ घण्टा बितिसकेको छ तर उनको कुनै प्रतिक्रिया आएको छैन् । अनदस्पोर्ट कार्वाही गर्ने समिति किन ६ दिन हुदा समेत निश्कर्षमा पुग्न सकेन भन्ने कुरा अन्यौलमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित