बेलौरीमा विद्युत महशुल बक्यौता बढ्दै, ६० दिन नाघेकाको लाइन धमाधम काटिँदै

बेलौरी । नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले पछिल्ला दिनमा विद्युत महशुल बक्यौता असामान्य रूपमा बढेपछि ६० दिनभन्दा बढी महशुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान तीव्र पारेको छ। वितरण विनियमावलीअनुसार तोकिएको समयावधि नाघेपछि बिना कुनै अतिरिक्त सूचना पनि लाइन काट्न सकिने कानुनी व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार ६० दिन नाघ्ने बित्तिकै लाइन काटिने मात्र होइन, बक्यौता ग्राहकले बिलसँगै २५% अतिरिक्त जरिवाना तिर्नु पर्नेछ। साथै, पुनः लाइन जडान गर्न रू. ८४७.५० दस्तुर अनिवार्य लाग्ने व्यवस्था छ।

विद्युत महशुल संकलन विनियमावली २०७८ का अनुसार मिटर रिडिङ भएको मितिले बिल बुझाउने समयसीमा र लाग्ने छुट–जरिवाना यस प्रकार छः ७ दिनभित्र महशुल बुझाएमा -२% छुट, ८ देखि १५ दिनभित्र- सामान्य बिल, १६ देखि ३० दिनभित्र- ५% थप दस्तुर, ३१ देखि ४० दिनभित्र- १०% थप दस्तुर, ४० दिनपछि- २५% थप दस्तुर, समयमै महशुल बुझाउने उपभोक्ताले २७% सम्मको बचत गर्न सक्ने भएकाले अनावश्यक आर्थिक बोझ र झन्झटबाट जोगिन प्राधिकरणले आग्रह गरेको छ।

बेलौरी वितरण केन्द्रले विशेषगरी मिटर रिडिङ हुने बिचको अंक (जस्तै १५ गते) मनन गर्न आग्रह गर्दै समयमै अनलाइन वा काउन्टरबाट महशुल बुझाउन अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार, “बेलौरी क्षेत्रमा बक्यौता बढ्दै गएको छ। उपभोक्ताको सहजताका लागि पहिले नै सूचना दिइएको हो। महशुल समयमा बुझाएर दण्ड-जरिवाना, लाइन कटौती तथा पुनः जडान शुल्कबाट बच्न सबैलाई अनुरोध छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित