ग्वालावारी सामुदायिक वनको २४औँ साधारण सभा सम्पन्न, युवाको व्यापक सहभागितासहित संरक्षण अभियान विस्तार गर्ने घोषणा

सञ्जय महर/कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। करीब अढाई दशकअघि स्थापना गरिएको यस सामुदायिक वनले उपभोक्ताहरुलाई काठ, दाउरा, स्याउला लगायतका वन-उपलब्ध सामग्री सुव्यवस्थित रूपमा वितरण गर्दै आएको छ।

कार्यक्रममा समूहका अध्यक्ष गोपाल भारतीले वनको निरन्तर बृद्धि-विकासका साथै युवा र महिलाको सहभागितामा संरक्षण अभियान थप सशक्त रूपमा सञ्चालन गरिने योजना सार्वजनिक गरे।

उपाध्यक्ष प्रकास नाथ योगीले चालु आर्थिक वर्ष ०८२/०८३ का लागि १ करोड ४ लाख ८८ हजार ८९९ रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गर्दै उपभोक्ताको हक–अधिकार र सामुदायिक वनको दीगो विकासका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गरे।

आन्तरिक लेखा समिति संयोजक तथा पूर्व अध्यक्ष जय बहादुर महतले प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापन चुस्त रहेको भए पनि केही बिल–बिजक व्यवस्थित गर्नुपर्ने सुझाव दिए। उनले अतिक्रमित क्षेत्र फिर्ता गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरप्रमुख हेमराज ओझाले सामुदायिक वन संरक्षण र विकासमा नगरपालिका निरन्तर साथ रहने प्रतिवद्धता जनाउँदै पदाधिकारीहरूलाई अझ सक्रिय भएर काम गर्न आग्रह गरे। वडा नं. २ का वडाध्यक्ष अर्जुन बहादुर सिंहले सामुदायिक हितमा वनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिए।
सव–डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत भरत शाहले वन संरक्षण गर्नु उपभोक्ताको कर्तव्य भएको उल्लेख गरे।

सामुदायिक वन समन्वय समिति (CFCC) का उपाध्यक्ष नरेश राज भट्टले उपभोक्ताको अग्रसरतामा नै सामुदायिक वनको भविष्य निर्धारण हुने बताए।

सभामा पूर्व अध्यक्ष तथा समाजसेवीहरू, साथै वन–सम्बन्धी विषयमा निरन्तर कलम चलाउँदै आएका पत्रकारहरूलाई सम्मान गरिएको थियो। संस्थापक अध्यक्ष स्व. जय बहादुर चन्दलाई मरणोपरान्त सम्मान प्रदान गरियो भने पूर्व अध्यक्ष महेशदत्त जोशी, जय बहादुर महरा, शेर बहादुर सिंह, बलराम पन्त, प्रेम बहादुर सिंहलाई सम्मान गरिएको थियो।

त्यसैगरी पत्रकार महासंघ, प्रेस सेन्टर तथा स्थानीय सञ्चारकर्मी अर्जुन बहादुर सिंह, मोहन विष्ट, अरुण प्रशाद भट्ट, बिमल धामी, होम योगी, नरेन्द्र महरा, प्रेम विष्ट, गणेश विष्टलगायतलाई वन संरक्षण क्षेत्रमा योगदानका लागि सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम जेनजी युवा पुस्ताका उपभोक्ता जोशीले सञ्चालन गरेका थिए। सभामा सरक्षणकर्मी, जनप्रतिनिधि, उपभोक्ता तथा सरोकारवालाको उत्साहजनक उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित