बेलडाँडीमा किरा लागेको गहुँ बीउ काण्ड : कृषिशाखाद्वारा फिर्ता प्रक्रिया सुरु, किसान आक्रोशित

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा वितरण गरेको गहुँको बीउ किरा लागेको भेटिएपछि किसानहरूमा ठूलो निराशा र आक्रोश फैलिएको छ।

ठेक्का प्रक्रियामार्फत ल्याइएको गहुँको बीउमा किराले गुहिँ खाएको अवस्था देखिएपछि बेलडाँडी-४ का किसानहरूले कृषि शाखामा पुगेर गुनासो  गरेको छन्। केही किसानले सोही बीउ खेतमा छरिसकिएको बताउँदै चिन्ता व्यक्त गरेका छन् भने, केही किसानले छर्ने काम नै रोकिएको बताएका छन्।

कृषि शाखाले विभिन्न ४/५ प्रकारका गहुँका जात ल्याइएको बताउँदै, समस्या विशेषत: ‘आदित्य’ जातको बीउमा मात्र देखिएको स्पष्ट गरेको छ। कृषि शाखाका निरज शर्माले भने: “हामीले ठेक्का मार्फत बीउ आपूर्ति गरेका थियौँ। किरा लागेको बीउ फिर्ता गर्ने सहमति पहिले नै थियो। किसानलाई मर्का नपरोस् भनेर बीउ फिर्ता लिएर नयाँ बीउ उपलब्ध गराउने वा पैसा फिर्ता दिने व्यवस्था गर्छौँ।”

शाखाका अनुसार बीउ कञ्चन कृषि वस्तु उत्पादन विक्रेतामार्फत आपूर्ति गरिएको हो, र उक्त कम्पनीले पञ्चशक्ति सप्लायर्सबाट बीउ ल्याएको बताइएको छ।

स्थानीयले किरा लागेको बीउ वितरण हुनु “लापरवाहीको परिणाम” भन्दै कृषिशाखालाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्।

कृषिशाखाले फिर्ता प्रक्रिया सुरु गरेसँगै किसानहरूले छिटो नयाँ बीउ उपलब्ध गराउन माग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित