सुदूरमा बहुक्षेत्रीय पोषण कार्यक्रम प्रभावकारी बनाउन जोड

कञ्चनपुर । सुदूरपश्चिममा बहुक्षेत्रीय पोषण कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालाले जोडदिएका छन । बिहीबार महेन्द्रनगरमा सुप प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको बहुक्षेत्रीय पोषण कार्यक्रममा सरोकारवालाहरुले आफ्नै मौलिकताको पोषण उत्पादन, उपभोगमा जोडदिएका हुन ।

समिक्षा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पछिल्ला दिनहरुमा आधुनिकतासंगै मानिसहरु आफ्नो मौलिक खाने परिकार छाडिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन ।

‘आधुनिकताले हाम्रो जिवनशैंली परिर्वतन गरिदिएको छ, ‘उनले भने, ‘मानिसले आफ्नो स्वाथ्य सुधारका लागि आफैबाट सुधार गर्नुपर्छ ।’ कैलाली, कञ्चनपुर सहितका स्थानीय सरकारले समेत स्थानीय स्तरमा उत्पादित बस्तुको उपभोग गर्दै विद्यालयमा दिवा खाजा समेत प्रभावकारी बनाउनुपर्नेमा जोडदिए ।

पालिकाहरुले समेत पोषणमा असल अभ्यास गरेकाहरुबाट सिक्नुपर्नेमा बताए । बजेट अभावका कारण पोषणका कार्यक्रम रोक्न नहुने जिसस प्रमुख बोहराको भनाई छ ।

नीति तथा योजना आयोगका सदस्य हिरा बहादुर चन्दले मानिसको स्वास्थ्य सुुधार एकै क्षेत्र सुधार हुँदैमा नहुने भन्दै उनले बहुक्षेत्र संयुक्त समान रुपमा सुधार आवश्यक रहेको औल्याए । आयोगका सचिव गणेश बहादुर सिहले बजेट अभावकै कारण कुनैपनि पालिकाले पोषणका कार्यक्रम रोक्न नमिल्ने बताउँदै प्रभावकारी बनाउन समन्वयकारी भूमिकामा जोडदिए ।

आधारभूत कामकाज अघि बढाएर नागरिकलाई स्वच्छ बनाउनुपर्नेमा उनको भनौई छ । बहुक्षेत्रीय पोषण कार्यक्रमका पोषणा अधिकृत सज्जन योगेशले नतिजामुखी कार्यक्रम संचालन गर्न पालिकाहरुलाई आग्रह गरेका छन ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष जिवन रानाले पोषण कार्यक्रम प्रभावकारी बनाउनका लागि स्थानीय स्वमयसेवकदेखिका सरोकावाला सकृय हुनुपर्नेमा जोडदिए । समाजसंग प्रत्यक्ष जोडिएका व्यक्तित्वहरुसंग सम्वाद गरेर अघि बढ्नुपर्ने बताए । सुदूरमा स्तनपान राम्रो भएकाले आगामी दिनमा थप कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालाले थप कामकाज सुझाव दिए ।

बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रदेश संयोजक राजेन्द्र प्रशाद गिरीले कार्यक्रमको बार्षिक समिक्षा गरेर एक आपसमा सिकाई आदानप्रदान, आगामी बर्षका लागि प्रभावकारी ल्याउन कार्यक्रम गरिएको बताए । पोषणा सेवाको उपलब्धता सुनिश्चित गराउने, स्थानीय स्तरमा पोषणमा सहज पहुँच पु¥याउने उदेश्य रहेको बताए ।

कार्यक्रममा कैलाली कञ्चनपुरका पालिका स्वास्थ्य शाखा पोषण कार्यक्रमका फोकलप्रशनहरुले आ–आफ्नो पालिकामा गरेका अभ्यास बारे प्रस्तुती गर्दै बजेट अभाव देखाएका थिए ।

मोहन्याल गाँउपालिका पोषण अधिकृत सञ्जु थापाले पालिकामा पोषण कार्यक्रम प्रभावकारी संचालन गरेकी दावि गरिन । पुर्नवास नगरपालिका जनस्वाथ्य निरीक्षक जयबन्दु अर्यालले पोषणा कार्यक्रम प्राथमिकतामा राखेको बताए ।

प्रदेश नीति तथा योजना आयोगका सुचना अधिकारी जयराज ओझाले सहजिकण गरेको कार्यक्रममा पालिका, प्रदेशका जनप्रतिनिधीदेखि स्वास्थ्यकर्मी, विभिन्न सघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित