किसान मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

बेलडाँडी । किसान मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा आज शनिबार विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । समूहले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गरेको जनाएको छ ।

समूहका अध्यक्ष तथा कार्यक्रमका सभापति नरेन्द्र बहादुर रोकायाका अनुसार आगामी वर्ष सामुदायिक वनको थप संरक्षण र विकास, वन्यजन्तु संरक्षण, वन पैदावार सामग्री उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने तथा पर्यापर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर कार्ययोजना तय गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले वन संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामुदायिक वनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद बडु, वडा नं. ३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, वडा नं. ४ का अध्यक्ष वीर बहादुर खड्का, वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर खड्का, समूहका पूर्व पदाधिकारीहरू, रेञ्जर पोष्टका प्रतिनिधि प्रयाग कमाई, नेपाली सेनाका गुल्मपति शुरेश ठकुरी, बीओपी इन्चार्ज लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन समूहका सचिव धन बहादुर रोकायाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित