चिसो बढेसँगै भीमदत्त नगरपालिकाद्वारा सार्वजनिक स्थानमा दाउरा-मुढा वितरण

कञ्चनपुर । पुस महिना सुरु भएसँगै चिसो र शीतलहरको प्रभाव बढ्न थालेको छ । चिसोको असरबाट सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले डिभिजन वन कार्यालय कञ्चनपुरको सहयोगमा भीमदत्त नगरपालिकाले आज विभिन्न सार्वजनिक स्थानहरूमा दाउरा तथा मुढा वितरण गरेको छ ।

नगरपालिकाले महाकाली प्रादेशिक अस्पताल, अनाथालय, बसपार्क, मदन चोक, वृद्धाश्रम, मिनी मार्केट, ठेला बजार, भीमबाटिका लगायतका स्थानहरूमा आगो ताप्नका लागि दाउरा र मुढा वितरण गरेको हो । चिसोका कारण जोखिममा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा सडकमा आश्रित व्यक्तिलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

यसैबीच, नगरपालिकाले चिसो मौसममा सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन, न्यानो कपडाको प्रयोग गर्न तथा आगो ताप्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । भीमदत्त नगरपालिकाले “सुरक्षित रहौँ, स्वस्थ रहौँ” भन्ने सन्देश दिँदै चिसोबाट जोगिन सबैलाई सचेत रहन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित