बेलौरी नगरपालिकाको १६औँ हिउँदे अधिवेशन सम्पन्न, विकास समीक्षा र जनमुखी कार्यान्वयनमा जोड

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको १६औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न भएको छ । नगरपालिकाका अनुसार अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित योजना तथा कार्यक्रमहरूको प्रगति, बजेट खर्च विवरण र कार्यान्वयन अवस्थामाथि गहन छलफल गरिएको छ ।

नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा सम्पन्न नगर अधिवेशनमा नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । हिउँदे अधिवेशनमा छुटपुट भएका योजनाहरूको थप, रकम शीर्षकान्तरण, सबै वडाहरू र विषयगत शाखाहरूको अर्धवार्षिक प्रगति विवरण नगर उपप्रमुख जोगराम चौधरीले प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख चौधरीका अनुसार नगरभित्र हालसम्म सम्पन्न विकास निर्माणका काम, सञ्चालनमा रहेका योजनाहरूको उपलब्धि र नगरको समग्र विकास अवस्थाको समिक्षा गर्दै बजेटलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी ढंगले कार्यान्वयन गर्ने विषयमा विशेष जोड दिइएको छ । अधिवेशनले विकासलाई अझ व्यवस्थित, उत्तरदायी र जनमुखी बनाउनेतर्फ महत्वपूर्ण निर्णयहरू समेत गरेको उहाँले जानकारी दिनुभयो ।

नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी नगरपालिकाको विकास यात्रामा आफूले लिएको जिम्मेवारी र अनुभवलाई स्मरण गर्दै नगरलाई योजनाबद्ध विकासतर्फ अघि बढाइएको बताउनुभयो । २०७४ सालमै नगर प्रमुखमा निर्वाचित भएका चौधरीले पद सम्हाल्दा नगरका धेरै स्थान बर्खायाममा हिलाम्मे हुने, साइकल तथा मोटरसाइकलसमेत चलाउन कठिन अवस्था रहेको उल्लेख गर्दै अहिले त्यस्ता समस्या अन्त्य भएको दाबी गर्नुभयो ।

उनका अनुसार पछिल्ला वर्षहरूमा सडक, पूर्वाधार, सेवा प्रवाह र शहरी व्यवस्थापनमा उल्लेखनीय सुधार भएको छ । जनतामाझ लोकप्रिय र अनुभवी नेतृत्वका रूपमा चिनिएका चौधरी दोस्रो कार्यकालमा पनि भारी मतका साथ पुनः निर्वाचित भई बेलौरी नगरपालिकाको नेतृत्व गरिरहेका छन् ।

पालिका स्तरमा हुने हिउँदे अधिवेशनले विकास योजनाको मध्यावधि समीक्षा गर्दै आगामी दिनको मार्गचित्र कोर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने भन्दै सहभागीहरूले अधिवेशनको प्रशंसा गरेका छन् । बेलौरी नगरपालिकाको १६औँ हिउँदे अधिवेशनले नगरलाई थप समृद्ध र व्यवस्थित बनाउने दिशामा नयाँ ऊर्जा थपेको विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित