बेलडाँडी गाउँपालिकाको १८औँ हिउँदे अधिवेशन सम्पन्न, बजेट समीक्षा र योजना सुधारमा जोड

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले आइतबार १८औँ हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको प्रगति समीक्षा, बजेट खर्चको अवस्था, नीति निर्णय तथा सुशासन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको छ ।

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले गाउँपालिकालाई अझ सशक्त, समृद्ध, सुशासित र जनमैत्री बनाउने दिशामा निरन्तर प्रयास भइरहेको बताउनु भयो । उहाँले गाउँपालिकाका सेवा, विकास र प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउँदै यहाँका नागरिकको जीवनस्तर निरन्तर उकासिँदै जाओस् भन्ने हार्दिक कामना व्यक्त गर्नुभयो ।

गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका केही योजनामा आवश्यकताअनुसार बजेट रकमान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जनताको आवश्यकता, विकासको प्राथमिकता र योजना कार्यान्वयनको अवस्थालाई ध्यानमा राख्दै केही योजनामा बजेट संशोधन गरिएको जनाए । यसले अधुरा तथा प्रभावकारी योजनालाई गति दिने र जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

अधिवेशनमा वडा अध्यक्ष तथा गाउँसभा सदस्यहरूले आ-आफ्ना वडाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सामाजिक सुरक्षा र सेवा प्रवाहसम्बन्धी विषयहरूमा सुझाव तथा धारणा राखेका थिए । साथै बजेट खर्चमा पारदर्शिता, समयमै योजना सम्पन्न गर्ने र बेरुजु न्यूनीकरणका विषयमा समेत छलफल भएको थियो ।

गाउँपालिकाले आगामी दिनमा सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेशनमार्फत लिइएका निर्णयहरूले बेलडाँडी गाउँपालिकाको समग्र विकास र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित