कञ्चनपुर : सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले कञ्चनपुरको राजमार्ग क्षेत्रमा ब्ल्याक प्याईन्ट बोर्ड राखिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले पुर्वपश्चिम महेन्द्रराजमार्ग क्षेत्रका बढी दुर्घटना हुने क्षेत्रमा ब्ल्याक प्याईन्ट बोर्ड राखिरहेको हो । जिल्लाको बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका राजमार्ग क्षेत्रमा समाधान दुर्घटना ग्रस्त क्षेत्र भन्दै सचेतनामुलक बोर्ड राखिएको जनाएको छ ।
कञ्चनपुरका ट्राफिक प्रहरी इन्चार्ज प्रहरी निरीक्षक बलेन्द्र नाथले पछिल्ला तीन बर्षमा सवारी दुर्घटना भएको स्थान विश्लेषण गरेर सचेतनामुलक बोर्ड राखिएको बताए । ट्राफिक प्रहरी इन्चार्ज नाथका अनुसार सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणीबंक बढी दुर्घटना हुने क्षेत्रमा बोर्ड राखिएको बताए । ‘विगत तीन बर्षको दुर्घटना क्रमलाई मध्य नजर गर्दै हामीले अबउपरान्त यात्रुलाई सजक गराउँदै दुर्घटनाबाटै जोगाउन हामीले प्रर्बद्धनात्मक काम अघि बढाएका छौँ, ‘उनले भने, ‘सवारी दुर्घटना भई मानिस घाईते, अङगभङदेखि भौतिक क्षति न्यूनिकरण गर्ने प्रयास गरेका छौँ ।’
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र्रहरी नायब महानिरीक्षक(डिआईजी) ओम रानाले बढी दुर्घटना हुने स्थानमा बोर्ड राख्ने देशभर कार्यक्रम अन्र्तरगत कैलाली, कञ्चनपुरमा पनि बोर्ड राख्ने काम जारी राखेको बताए । डिआईजी रानाले समुदायसंग मिलेर ट्राफिक प्रहरीदेखिका सरोकारवाला निकाय जिम्मेबार हुनुपर्ने बताए । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन साउदले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गरेको प्रयास सरानिय बताए । अध्यक्ष साउदले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको प्रयासमा स्थानीय सरकारले समेत साथ समर्थन समन्वय गर्ने बताए ।
वडाध्यक्ष साउदले सुप प्रदेशका प्रहरी प्रमुख रानासंग वाणीमा‘क’ वर्गको प्रहरी चौकी स्थापनार्थका लागि सहयोगका लागि ध्यानाकर्षण गराएका छन । विगतमा पनि स्थानीयको माग अनुरुप प्रहरी चौकी निर्माण गरिएको बताउँदै अब स्थायी चौकी निर्माण गरेर स्तरबृद्धि गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउन आब्हान गरेका छन । अध्यक्ष साउदले कृष्णपुर २बनहरापुलदेखि मोहनापुलसम्मै लामो राजमार्ग भएकाले सिसिटिभी क्यामेरादेखिका राजमार्ग निगरानी गर्दै सवारी दुर्घटना न्यूनिकरण तर्फ प्रहरीको ध्यानाकर्षण गराएका छन ।























Discussion about this post