बेलडाँडी क्षेत्रका पहिलो विद्यावारिधि (पिएचडी) बने डा. वीरबहादुर सिंह

विकास महता/कञ्चनपुर । कञ्चनपुर जिल्लास्थित बेलडाँडी गाउँपालिकाबाट विद्यावारिधि (पिएचडी) हासिल गर्ने पहिलो व्यक्ति बनेर वीर बहादुर सिंह ठकुरीले आफ्नो गाउँ, समाज र सिंगो क्षेत्रलाई गर्व गराएका छन्।

बेलडाँडी स्थित रौलेश्वर माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका डा. ठकुरीले २०८२ साल पौष १६ गते त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सफलतापूर्वक सम्पन्न गर्दै ‘डा.’ उपाधि हात पार्नुभएको हो।

ग्रामीण परिवेश, सीमित स्रोत र अनेक चुनौतीबीच पनि अडिग मेहनत, धैर्य र लगनशीलताले सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश उनकाे यात्राले दिएको छ। उनले ग्रामीण विकास विषयमा “भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक,आर्थिक प्रभावहरू” शीर्षकमा अनुसन्धान सम्पन्न गरेका छन्।

फाइनल भाइभापछि आफ्नो धारणा सार्वजनिक गर्दै डा. ठकुरीले यस सफलतालाई जीवनको अविस्मरणीय क्षण भन्दै बुवा-आमा, गुरुजन र सहयोगी सबैप्रति नमन र कृतज्ञता व्यक्त गर्नुभएको छ। उनका शब्दहरूमा संस्कार, विनम्रता र शिक्षाप्रतिको गहिरो सम्मान झल्किन्छ।

हाल सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा उप-प्राध्यापकका रूपमा कार्यरत डा. ठकुरी यसअघि सहायक परीक्षा नियन्त्रक भइसकेका छन् भने हाल मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत विभागीय प्रमुखको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

डा. वीरबहादुर सिंह ठकुरीको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो बेलडाँडीको पहिचान हो, सुदूरपश्चिमको आत्मविश्वास हो, र हरेक ग्रामीण युवाका लागि “सपना देख्न र पूरा गर्न सकिन्छ” भन्ने मीठो सन्देश हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित