प्रधानमन्त्री कार्कीको आग्रह: मौलिक संस्कृति जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गरौँ

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्परा नबिर्सन तथा भावी सन्ततिमा हस्तान्तरण गर्दै जान आग्रह गरेकी छन्।

नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले विविध जातजातिका मौलिक परम्परा र संस्कृति नेपालका अमूल्य सम्पदा भएको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताइन्। उनले संस्कृति जोगाउन नयाँ पुस्ताको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा दिएको हो।

उक्त अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्, “अब राजनीति होस् वा सांस्कृतिक क्षेत्र, युवालाई नै अगाडि सार्नुपर्छ। हाम्रा मौलिक परम्परा र संस्कृतिहरू अमूल्य निधि हुन्, तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्नु हाम्रो साझा दायित्व हो।”

भेटघाटमा नेपाल मगर सङ्घका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ताहरूको पनि सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित