फागुन २१ को निर्वाचन : कञ्चनपुरमा रास्वपाको टुंगो-१ मा धामी, २ मा बोहरा र ३ मा महता

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार टुंगो लगाएको छ। राम्रो छवि, जनआधारित राजनीति र नयाँ सोच बोकेका उम्मेदवार अघि सार्दै रास्वपाले कञ्चनपुरमा बलियो उपस्थिति देखाएको छ।

यसअघि नै क्षेत्र नम्बर-१ बाट जनक सिंह धामी र क्षेत्र नम्बर-३ बाट ज्ञानेन्द्र सिंह महता लाई उम्मेदवारका रूपमा टुंगो लगाइसकेको रास्वपाले बुधबार क्षेत्र नम्बर-२ बाट केन्द्रीय सदस्य तथा सचिवालय सदस्य दिपक बोहरालाई सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो।

क्षेत्र नम्बर-१ बाट एकल सिफारिस भएका जनक सिंह धामी रास्वपाको अभियान तथा प्रचार–प्रसार विभागका केन्द्रीय सदस्यसमेत हुन्। सुदूरपश्चिममा संगठन निर्माणदेखि जनताको दैनिक सामाजिक कामसम्म निरन्तर सक्रिय धामी सरल, इमानदार र जनमुखी नेताका रूपमा परिचित छन्। पार्टी र जनताको पक्षमा दृढतापूर्वक उभिँदै आएका धामी कञ्चनपुर-१ मा रास्वपाको आशाको केन्द्र बनेका छन्।

क्षेत्र नम्बर–२ बाट सिफारिस भएका दिपक बोहरा पुरानो सत्ता-केन्द्रित राजनीति, दबाब र डरको संस्कृतिविरुद्ध जनताको स्पष्ट अभिव्यक्तिका रूपमा हेरिएका छन्। पत्रकारितामार्फत देखाएको साहस, संगठन निर्माणमा देखाएको प्रतिबद्धता र जनआन्दोलनमा खेलेको भूमिकाका आधारमा उनी कञ्चनपुर-२ का लागि उपयुक्त प्रतिनिधि भएको निष्कर्षसहित उम्मेदवारी सिफारिस गरिएको हो। बोहरालाई परिवर्तन र उत्तरदायी राजनीतिका प्रतीकका रूपमा हेरिएको छ।

क्षेत्र नम्बर–३ बाट सिफारिस भएका ज्ञानेन्द्र सिंह महता सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव हुन्। सधैँ जनताको बीचमा रहेर आवाज उठाउने प्रष्ट वक्ता महता लामो समयदेखि सञ्चार र सामाजिक अभियानमार्फत राज्यले बेवास्ता गर्दै आएको सुदूरपश्चिमको मुद्दा राष्ट्रिय बहसको केन्द्रमा पुर्‍याउँदै आएका छन्। उनी जवाफदेही शासन, पारदर्शी नीति र प्रविधिमैत्री राज्यका बलिया पक्षधर मानिन्छन्।

कञ्चनपुरमा राम्रो छवि र जनविश्वास भएका उम्मेदवार सिफारिस गरेसँगै रास्वपाको चर्चा चौतर्फी रूपमा बढ्न थालेको छ। नयाँ शक्ति, नयाँ अनुहार र जनमुखी राजनीतिलाई केन्द्रमा राखेर अघि बढेको रास्वपाको उपस्थितिले पुराना दलहरूमा खैलाबैला मच्चिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

१ मा धामी, २ मा बोहरा र ३ मा महता भन्ने स्पष्ट सन्देशसहित रास्वपाले कञ्चनपुरमा परिवर्तनको राजनीतिलाई मजबुत बनाउँदै लगेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित