त्रिशूली किनारमा पुरिएको बसको उत्खनन आज पनि जारी, ‘गणपति डिलक्स’ हुनसक्ने आशंका

तनहुँको आबुँखैरेनी गाउँपालिका-५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन कार्य जारी रहने भएको छ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार फेला परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनभर उत्खनन गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त कार्य आज पनि निरन्तर गरिनेछ।

प्रहरीका अनुसार बिहान १०:४५ बजेको समयमा त्रिशूली नदी किनारमा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा देखिएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत सिमलताल क्षेत्रबाट काठमाडौँदेखि गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ।

हाल बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ। पुरिएको बसको उत्खनन कार्यसँगै थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित