सूर्य चिन्ह जिताउने अभियानको अगुवाइ गर्दै कञ्चनपुर-१ मा कमलकुमार रोकाया मैदानमा

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, कञ्चनपुरको क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठक मिति २०८२ माघ १२ गते सम्पन्न बैठकले युवा तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकको जिम्मेवारी कमलकुमार रोकायालाई प्रदान गरेको छ।

संयोजक प्रलवराज भट्टको अध्यक्षता तथा पार्टीका कञ्चनपुर जिल्ला संयोजक निरुदेवी पालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले संगठन सुदृढीकरण र निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र बनाउने महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य कमला बोहरा, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, पूर्व केन्द्रीय सदस्य इन्दु कडरिया, प्रतिनिधिसभाका उम्मेदवार तारालामा तामाङ, जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायत प्रदेश कमिटीका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोकाया विगत लामो समयदेखि अनेरास्ववियु राजनीतिमा सक्रिय रहँदै आएका अनेरास्ववियुका पूर्व नेता हुन्। विद्यार्थी आन्दोलनबाट खारिएका रोकायाले युवा अधिकार, संगठन निर्माण र राजनीतिक प्रशिक्षणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङलाई विजय गराउने महत्वपूर्ण जिम्मेवारी रोकायाको काँधमा रहेको बैठकले निष्कर्ष निकालेको छ। सोही अनुरूप रोकायाले टोल-टोलसम्म पुगेर युवा दस्ता निर्माण गर्ने, राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने तथा सूर्य चिन्हमा मतदान गराउन संगठित युवा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

निडर, स्पष्ट वक्ता र जुनसुकै परिस्थितिमा पनि संगठनको पक्षमा दृढताका साथ उभिन सक्ने नेताका रूपमा परिचित रोकाया पार्टीभित्र विश्वासिला पात्रका रूपमा चिनिन्छन्। विद्यार्थी राजनीतिबाट खारिएको अनुभव, युवा क्षेत्रमा गरेको दीर्घ योगदान र संगठन निर्माणको क्षमताले आगामी निर्वाचनमा एमालेको जनाधार थप बलियो बन्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

युवा तथा स्वयंसेवक परिचालन उपसमितिमा नवीन चन्द, सुरेन्द्र शाही, काशी बोहरा, टेकबहादुर थापा, विक्रम थापा, अमर राना, अशोक सार्की, नरेन्द्र बिष्ट र जितराज तामाङ सदस्यको रूपमा चयन भएका छन्।

बैठकले जारी गरेको अन्तर-कमिटी निर्देशनमा सबै कमिटी तथा कार्यकर्तालाई निर्णयहरूको गम्भीर अध्ययन गर्दै आ-आफ्नो कार्यक्षेत्रमा प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको छ। कमलकुमार रोकायाको नेतृत्वमा कञ्चनपुर क्षेत्र नम्बर १ मा एमालेको युवा अभियान थप सशक्त, अनुशासित र परिणाममुखी बन्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित