आज सुनचाँदीको मूल्य घट्यो कतिमा हुदै छ कारोबार

काठमाडौँ : स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, एक तोला चाँदीको मूल्य सात हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ रहेको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य सात हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, गत मङ्गलबार सुन तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, सेतो धातु ९चाँदी० प्रतिऔँस ११७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित