कांग्रेसको कार्यकालमा युवालाई विदेश जान नपर्ने वातावरण बनाइन्छ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी देशमै रोजगारीको वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले युवाहरूलाई नेपालमै काम उपलब्ध गराइने र बाध्य भएर विदेशिनु नपर्ने अवस्था सिर्जना गरिने बताए।

थापाले भने, “नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउनेछौँ।”

उनले काठमाडौँका फुटपाथमा व्यवसाय गरेर जीवनयापन गरिरहेका नागरिकहरूको भविष्य सुरक्षित गरिने समेत स्पष्ट पारे। कसैको जीविकोपार्जनको आधार नखोसिने उल्लेख गर्दै उनले भने, “काठमाडौँमा अब फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन।”

उनका अनुसार समावेशी विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै कांग्रेसले नीति तथा कार्यक्रम अघि बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित