किसानको खेतदेखि पर्यटकको गन्तव्यसम्म जोड्ने पक्की पुलको अध्यक्ष रानाद्वारा अनुगमन

बेलडाँडी । किसानको दैनिकी सहज बनाउने र पर्यटन प्रवद्र्धनको प्रमुख आधारका रूपमा रहेको बेलडाँडी गाउँपालिकासँग जोडिएको चौधर नदी र निर्माणाधीन पक्की पुलको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले अनुगमन गरेका छन् ।

बेलडाँडीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष रूपमा जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चौधर नदीमा निर्माण हुन लागेको पक्की पुलको कामको प्रगति बारे अध्यक्ष रानाले स्थलगत अनुगमन गरेका हुन् । तीन वर्ष अघि पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत सुरु भएको पुल निर्माण कार्य अपेक्षित गतिमा अघि नबढेको भन्दै स्थानीयले चासो व्यक्त गर्दै आएका छन् ।

चौधर नदीमा पक्की पुल निर्माणका लागि मित्र बिल्डर्स प्रालिसँग १२ करोड ६६ लाख १४ हजार रुपैयाँको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले प्राविधिक कारण देखाउँदै काममा ढिलाइ भएको जानकारी गराएपछि अध्यक्ष रानाले निर्माण कार्यलाई गुणस्तरीय बनाउँदै तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

चुरे पहाडबाट दक्षिणतर्फ बग्ने चौधर नदीमा पक्की पुल नहुँदा यहाँका नागरिक करिब छ दशकदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका थिए । पुल निर्माण सम्पन्न भएपछि नदीपारि रहेका किसानलाई खेतीपाती गर्न सहज हुने र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जाने पर्यटकका लागि समेत सुरक्षित र छोटो मार्ग खुल्ने विश्वास लिइएको छ ।

पुल निर्माणले बेलडाँडी गाउँपालिकामा आन्तरिक पर्यटनको सम्भावनालाई थप उजागर गर्ने र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । निर्माण कम्पनीले बाढीका कारण काममा केही ढिलाइ भएको स्वीकार गर्दै अब तीव्र गतिमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित