भुइँमै बसेर नेतृत्वको परिभाषा बदल्दै रास्वपा बाजुरा उम्मेदवार हेमराज थापा

चुनावी घरदैलो कार्यक्रम चलिरहेको थियो। उपस्थित सबै जना उस्तै साधारण पहिरनमा, चिसो भुइँमै बसेर कुराकानी गर्दै थिए। त्यही क्रममा उपस्थितमध्ये एक महिलाले जिज्ञासु भावमा सोधिन्,
“अनि, नेताहरू चाहिँ आएनन्?”

उनको प्रश्नसँगै वातावरण हाँसोले भरियो।

त्यसै भीडमा, अलि पर भुइँमा घुँडा धसेर बसेका रास्वपा बाजुरा उम्मेदवार हेमराज थापाले सहज मुस्कानसहित जवाफ दिए,
“म नै हुँ नेता। अरूका नेता आउँदा कुर्सीमा बस्छन्, हामी चाहिँ भुइँमै बसेर तपाईंहरूसँगै कुरा गर्छौं।”

यो दृश्य र संवादले हाम्रो समाजमा गहिरो रूपमा बसेको ‘नेता’ भन्ने छविलाई चुनौती दिएको थियो। अझै पनि हाम्रो मानसपटलमा नेता भनेका ठूला मान्छे, उमेरले पाका, चिटिक्कका लुगा लगाउने, खादा–माला भिरेका, चारपांग्रे गाडी चढेर आउने र जनतासँग हुँदा पनि कुर्सीमै बस्ने धनाढ्य व्यक्ति भन्ने बुझाइ छ।

तर त्यो चित्र विस्तारै फेरिँदै गएको देखिन्छ। अब भुइँमान्छे पनि नेतृत्वमा आउन सक्छन्। युवा, आफ्नै सामान्य पेशा वा जागिर गरेका व्यक्तिहरू पनि नेतृत्व तहमा पुग्न सक्छन् भन्ने विश्वास बलियो हुँदैछ।

राजनीति यस्तै अभ्यासबाट बदलिन्छ र सुधारिन्छ। हेमराज थापाले कुनै ठूलो भाषण बिना, सरल व्यवहार र शब्दमार्फत यही सन्देश जनतामाझ पुर्‍याइरहनुभएको छ।
यस किसिमको राजनीति र नेतृत्वको अभ्यासका लागि उहाँप्रति आभार व्यक्त नगरी रहन सकिँदैन।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित