स्वतन्त्र उम्मेदवार साउदको पक्षमा माहोल दिनप्रतिदिन बन्दै, युवा भन्छन यसपाली स्वतन्त्रलाई जिताऔं

532
VIEWS

बेलौरी,
नजिकिदै गरेको मंसिर ४ लाई लक्षित गर्दै युवाहरु प्रदेश प्रतिनिधी स्वतन्त्र उम्मेदवार टेक बहादुर साउदको पक्षमा होमिएका छन् । सबैपार्टीमा रहेका युवाहरु गोलबद्ध हुदै दिनप्रतिदिन कञ्चनपुर क्षेत्र नं.१ ख का स्वतन्त्र उम्मेदवार साउदलाई जिताउनका लागि एकढिक्का भई घरदैलोमा होमिएका छन् ।  

बेलौरी बेलडाँडीका युवाहरुका अनुसार फोहोरी राजनिति देखि मतदाता वाक्क दिक्क भएको भन्दै स्वतन्त्र उम्मेदवारलाई यस पटक जिताएरै छोड्ने मतदाताहरुबाट आएको सुझाव अनुसार उनीहरु अभियानमा जुटेका छन् ।

युवाहरुका अनुसार अहिले सम्म पुराना नेताहरुले पुस्ताहस्तान्त्रण गर्नुको साठो युवाहरुलाई झण्डा बोकाउने, भीड जम्मा गराउने, आन्दोलन गराउने, त्यसमा पनि विशेष गुट र नेताको प्रचार गर्नमै सिमति राख्ने, आफ्नो अन्धभक्त बनाएर चाकरी गर्नमा नै सिमित राख्न लगाउने प्रवृतिले युवाको सम्भावना र समय खेर जादैं गरेको प्रति युवा चिन्तित बनेका छन् । राजनितिक दललाई समेत चुनौती दिन स्वतन्त्र व्याक्तिलाई नेता बनाउन तयार भएको देखिन्छन् ।


जस्तै पछिल्लो समयमा काठमाडौंमा बालेन शाहले स्वतन्त्र भएका कारण त्यहाँको विकासलाई कुनै कसैको डर त्रास नमानी ढुक्कका साथ काम गरिराखेका छन् । तीनले गरेको कामलाई रोक्न फोहरी राजनिति शुरु नभएको होइन तर त्यहाँका जनताले सबै कुरा बुझेकाले उनलाई पन्छ्याउन दलहरुले नसकेका हुन । यहाँ पनि साउद स्वतन्त्र उम्मेदवार भएकाले उनले कुनै कसैको दवावमा नरहने गरी काम गर्न सक्छन् भन्ने युवाहरुमा पुर्ण विश्वास भएका कारण स्वस्र्फूत युवाहरु दिन प्रतिदिन उनी प्रति आक्रसित हुदैछन् ।


केहि युवाहरु खुलैरै लागेका छन् भने केहि युवाहरु अन्यपार्टीमा भएपनि आफ्नो बाध्यता देखाउदै भोट लालटिनमै हाल्ने भन्दै प्रतिवद्धता गरिरहेको साउद समर्थक युवाबताउछन् । युवाहरु भन्छन् पेसा बदल्न सक्ने हामीले किने बाउ बाजेको पार्टी बदल्न नसक्ने भन्दै सक्षम व्याक्तिलाई जिताउने अभियानमा लाग्नु पर्नेमा जोड दिदै आएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार