एम्पुटी फुटबल च्याम्पियनसिप-२०८२ आज देखि सुरु

बिकाश सिंह महता/काठमाडौं । विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्पुटी खेलकुद समाज नेपालको आयोजनामा एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ आज देखि आयोजना हुने भएको छ।

च्याम्पियनसिप सम्बन्धी जानकारीको लागी फागुन ३ गते नेपाल पारालिम्पिक कमिटी कार्यालय दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो।

सन् २०१८ मा स्थापना भएको एम्पुटी खेलकुद समाज नेपालको प्रतियोगिता आयोजना गरिएको चौथो राष्ट्रिय एम्पुटी फुटबल प्रतियोगिता २०८२ हो। अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने एम्पुटी फुटबलमा एउटा खुट्टा भएका व्यक्तिले अगाडि खेल्ने र एउटा हात नभएका व्यक्तिले गोलरक्षकको भुमिकामा रहन्छन्।

अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने उक्त फुटबल प्रतियोगिता फागुन ४ र ५ गते एम्पुटी खेलकुद समाज नेपालले आयोजना गर्न लागेको प्रतियोगिता विभागीय सहित ४ वटा टिमको सहभागिता रहने एम्पुटी खेलकुद समाज नेपालका महासचिव दिल्ली बहादुर बिष्टले बताउनु भयो। उनका अनुसार, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र नेपाल आर्मिको टिम रहने प्रतियोगिता एन्फा खेल मैदान सातदोबाटोमा बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको समापन कार्यक्रम फागुन ५ गते (मंगलबार) दिउँसो १:०० बजे सोही एन्फा खेल मैदान सातदोबाटोमा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको च्याम्पियन टिमले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामार्फत अपांगता भएका खेलाडीहरूको प्रतिभा प्रस्फुटन, खेलकुदमार्फत सामाजिक समावेशिता प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरको सहभागिताका लागि आधार तयार गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित