ग्रामीण भेगमै शहरी स्वाद: सिद्ध बेकरी एण्ड कफीमा खलनायक पुष्कर भट्टको भव्य स्वागत

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२, चवन्नी बजार पछाडिको शान्त वातावरणमा सञ्चालनमा आएको सिद्ध बेकरी एण्ड कफी ले यतिबेला विशेष चर्चा बटुलिरहेको छ। सिद्ध बैजनाथ सहकारीद्वारा सञ्चालनमा ल्याइएको यस कफी सपले नेपाली फिल्मका चर्चित खलनायक पुष्कर भट्ट लाई भव्य स्वागत गर्दै थप आकर्षण बढाएको हो ।

सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका भट्ट १० वर्षे क्यानडा बसाइपछि नयाँ जोश र ऊर्जा लिएर स्वदेश फर्किएका छन्। पर्दामा खलनायकको भूमिकामा देखिने भट्टको वास्तविक जीवनमा भने कोमल र सरल व्यवहार झल्किने गरेको स्थानीयले बताएका छन्। “फिल्मका खलनायक र वास्तविक समाजका नायक,” भन्दै उपस्थितहरूले उनको व्यक्तित्वको खुलेर प्रशंसा गरेका थिए।

कफी सपले उपलब्ध गराउने विभिन्न परिकारहरूको स्वाद भट्टले लिएर खुलेर तारिफ गरेका छन्। यहाँ मेसिनबाट बनेको सुवासित कफी, मट्का चियाको परम्परागत स्वाद, आकर्षक बर्थडे केक, ताजा पनिर, दुध-दही लगायतका परिकार पाइन्छन्। ग्रामीण भेगमै यस्तो स्तरको कफी र परिकार उपलब्ध हुनु सकारात्मक संकेतका रूपमा हेरिएको छ।

भट्टले परिकारहरूको स्वाद विकसित मुलुकको भन्दा कम नरहेको उल्लेख गर्दै सहकारीको प्रयास प्रशंसनीय भएको बताएका छन्।

सहकारीका अध्यक्ष क्षीतिज भट्टका अनुसार, “यो कफी सपमा बसेर कफीको चुस्की लगाउँदा छुट्टै आनन्द आउने गरेको छ। शान्त वातावरण, गुणस्तरीय सेवा र स्वादिलो परिकारले ग्राहक सन्तुष्ट छन्।”

ग्रामीण परिवेशमा आधुनिक स्वाद र सेवा विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा आएको सिद्ध बेकरी एण्ड कफी अहिले स्थानीय मात्र होइन, आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ।

भिडियो सहित हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित