एम्पुटी फुटबल च्याम्पियनसिप २०८२ सम्पन्न एक्स आर्मी टिम बन्यो च्याम्पियन, उत्कृष्ट खेलाडी सुदिप चापागाईं र गोलरक्षक चेतनाराण

बिकाश सिंह महता/काठमाडौ । विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्पुटी खेलकुद समाज नेपालको आयोजनामा एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ भब्यताका साथ सम्पन्न भएको छ।

मंगलबार भएको एम्पुटी फुटबल च्याम्पियनसिप २०८२ को फाइनलमा सुदूरपश्चिम लाई हराउँदै एक्स नेपाल आर्मी टिमले उपाधी चुम्दै च्याम्पियन बनेको हो।

सुदूरपश्चिम प्रदेश र एक्स नेपाल आर्मी टिम बिच भएको खेलमा ३-० गोलले सुदूरपश्चिम लाई हराएको थियो।प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदिप चापागाईं र गोलरक्षक चेतनाराण खनाल घोषित भएका छन्।

नेपाल आर्मी क्लबका जर्सी नम्बर ७ का बिक्रम योङ्हाङ्
,टिम क्याप्टेन मुकुन्द ढुंगाना र जर्सी नम्बर १० का प्रकाश कुमार बस्नेतले समान एक-एक गोल गरेका थिए।

प्रतियोगिताको च्याम्पियन टिम एक्स नेपाल आर्मिलेले ट्रफी प्रमाणपत्र र मेडल नगद राशि रु.१० हजार नगद पुरस्कार जित्न सफल भएको छ। उपविजेता टिम सुदूरपश्चिमले मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद राशि ५ हजार र ट्रफी हात पारेको छ। भने बागमती प्रदेशले तेस्रो र लुम्बिनी प्रदेशले चौथो स्थानमा रहदै प्रमाणपत्र र मेडल चित्त बुझाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित