कञ्चनपुर क्षेत्र १(ख) मा आठै जना उम्मेदवार वीच रोचक प्रतिस्पर्धा हुदै

93
VIEWS

कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) प्रदेश सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए संगै चुनाव रोचक बन्दै गएको छ ।
६ राजनीतिक दलका उम्मेदवार सहित २ स्वतन्त्र उम्मेदवार गरी ८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन । संविधान सभा सदस्य, एमाले जिल्ला सचिवदेखि बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता एव संविधान सभा सदस्य दिवान सिह बिष्ट , एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट धिरज विक्रम सिंह, लोकतान्त्रिक समाजवादीका तर्फबाट बुझाउना चौधरी, नेपाल मजदुर किसान पाटीका तर्फबाट हर्क बहादुर क्षेत्री, नागरिक उन्मुक्तिबाट काली चौधरी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका स्वतन्त्रबाट टेक बहादुर साउद र अर्का स्वतन्त्र नेत्रलाल चौधरी चुनावी मैदानमा उत्रिए पछि चुनाव रोचक बन्ने भएको छ । १ पदका लागि उक्त निर्वाचन क्षेत्रबाट ८जना उम्मेदवार चुनावी मैदानमा उत्रिदा जित्नेले धेरै मतको अन्तर बनाउन नसकिने स्थानीय वताउछन् ।

पहिलोको चुनावमा कसलाई भोट दिने भन्ने मनिस्थिति बनाइ सकिन्थ्यो यस पाली कासले भोट कहाँ हाल्छ थाहा नभएको स्थानीय वताउछन् । उनीहरु आ–आफ्नो चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहदा मतदाताहरुले सबैलाई भोट दिने आसवासन दिदै फिर्ता पठाउने गरेका छन् ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार