ओली पक्राउको विषय संसदमा उठाउने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमाले ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई प्रतिनिधि सभा बैठकमा उठाउने निर्णय गरेको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले ओली पक्राउको विरोध गर्दै उक्त विषय संसदमा सशक्त रूपमा उठाउने निर्णय गरेको हो । पार्टीका महासचिव शंकर पोखरेल ले संघीय संसदको आगामी बैठकमा यस विषयलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिने जानकारी दिए । संघीय संसदको बैठक चैत १९ गतेका लागि बोलाइएको छ ।

त्यस्तै, एमालेले ओली पक्राउको विरोधमा सडक आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । पार्टीले उक्त पक्राउलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढंगले गरिएको भन्दै राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय समेत गरेको महासचिव पोखरेलले बताए ।

एमालेले यस घटनालाई लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको दाबी गर्दै पार्टीपंक्ति र समर्थकहरूलाई आन्दोलनमा सक्रिय हुन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित