लमजुङमा जिप दुर्घटनामा परि २ जनाको मृत्यु, १२ जना घाइते

पोखरा: लमजुङ जिल्ला मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मस्र्याङ्दी गाउँपालिका–७ मा बेँसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका १४ जनालाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको थियो। तीमध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

बाँकी १२ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेत ले जानकारी दिएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित