कञ्चनपुर जिल्ला भर मतदान शुरू

126
VIEWS

बेलडाँडी :
कञ्चनपुरमा मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोके अनुरुप जिल्लाका सबै मतदाथ स्थलमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले निर्धारित समयमै मतदान शुरु भएको बताए । निर्वाचन अधिकृत कृष्ण प्रशाद नेपालले निर्धारित समयमै शान्तिपुर्ण तरिकाबाट मतदान शुरु भएको बताए ।

उनका अनुसार १ सय ३२ मतदान स्थलका ३ सय ४६ केन्दमा मतदान भईरहेको बताए । ३ प्रादेशिक ६ प्रतिनिधी सभा सदस्य गरी ९ पदका लागि८० उम्मेदवार चुनावी मैदानमा छन । कञ्चनपुरमा ३ लाख, २५ हजार ९ मतदाता रहेका छन ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाको शान्ति सुरक्षा व्यवस्था समेत चुस्त पारिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले निर्वाचनको शान्ति सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताए ।
‘हामीले तीन घेरामा मतदान स्थलको सुरक्षा प्रबन्ध मिलाएका छौँ, ‘प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘पहिलो घेराभित्र नेपाल प्रहरी म्यादी प्रहरी, दोस्रो शसस्त्र प्रहरी बल तेस्रोका सेना परिचालन गरेका छौँ ।’

सीमादेखि, मतदान स्थल, आवश्यक सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन भएको बताउदै प्रमुख जिल्ला अधिकारी अर्यालले सुरक्षा व्यवस्था पुर्ण मजबुत पारिएको बताए । सुरक्षा बेस, आवश्यक मोबाईल टोली, चारै सुरक्षा निकायविच समन्वय गरेर निर्वाचनलाई भयरहित बनाउनका लागि अहोरात्र खटिएको बताए ।

‘चुनाव बिरोधी समुहमाथि समेत सुक्ष्म निगरानी गर्दै कुनैपनि प्रकारका चुनाव बिरोधी गतिबिधी हुन नदिन समेत प्रबन्ध मिलाएका छौँ, ‘प्रजिअ अर्यालले भने, ‘कञ्चनपुरमा निर्वाचन स्वच्छ, निष्पक्ष एव भयरहित वातावरण हुन्छ ।’ हिउँदे महिना भएकाले समयमै मतदान गर्न जान समेत प्रजिअ आर्यालले अपिल गरेका छन ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार