तनहुँको पुट्टारमा मतदान सुरु हुन सकेन

एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँ घिरिङ(१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरू हुन सकेको छैन ।

शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा हुँदा दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूको रिहाइको माग गर्दै मतदान रोकिएको एमाले नेता विष्णुभक्त सिग्देलका बताए ।

सत्ताको पहुँच देखाउँदै एमाले कार्यकर्ता मात्र पक्राउ गरियो । उहाँहरूको रिहाइ नभइ मतदान सुरू हुन दिन्नैुं सिग्देलले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित