कञ्चनपुरका पर्यटकीय ताल संरक्षण र पर्यटन प्रवर्द्धनमा सांसद धामीको जोड

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनक सिंह धामीले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका पर्यटकीय तालहरूको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद धामीले क्षेत्र नम्बर १ मा पर्ने प्याराताल, शोभाताल, बन्दाताल, पुरैनाताल र कालीकिच ताल लगायतका प्राकृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्न सरकारसँग जोडदार माग गरेका हुन्।

उनले करिब पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कालीकिच तालको करिब सात–आठ वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमार्फत तालको संरक्षण र पूर्वाधार विकास गर्नुपर्ने बताए। कालीकिच ताललाई व्यवस्थित रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य तथा पर्यटनको हब बनाउन सकिने उनको भनाइ थियो।

सांसद धामीले कञ्चनपुरका पर्यटकीय सम्भावना बोकेका ताल तथा प्राकृतिक सम्पदाको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण, प्रचार–प्रसार र पर्यटनमैत्री वातावरण तयार गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।

पछिल्लो समय सांसद धामीले कञ्चनपुर जिल्लाका विभिन्न जनसरोकारका विषय, विकास निर्माण तथा स्थानीय जनताका समस्या र मुद्दालाई प्रतिनिधिसभाको बैठकमार्फत निरन्तर उठाउँदै आएका छन्।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित