कञ्चनपुर/असोज १५ । नेपाली काँग्रेस(देउवा) पक्षीय १५औँ महाधिवेशन शुरु भएको छ । बिहीबारदेखि देउवा पक्षीय महाधिवेशन शुरु भएको हो । उक्त पक्षकै दावि अनुरुप काँग्रेसको नियमित महाधिवेशन दावि गरिएको छ ।
महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा पनि वडा सम्मेलन भएका छन । नेपाली काँग्रेसका सभापति पदम बोगटीले नियमित महाधिवेशन अन्र्तरगत जिल्लाभरीका वडाहरुमा अधिवेशन भएको बताए । सभापति बोगटीले जिल्लाको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाँडी र लालझाडीका वडाहरुमा अधिवेशन भएको छ ।
सभापति बोगटीले पाटी एकताका लागि समेत अधिवेशन गर्दै अघि बढ्न लागेको बताए । उनले जेनजी आन्दोलनको २४ भदौँमा गरेको विध्वङकारी घटनाले देशको राष्ट्रियता एव अन्य राजनैतिक शक्तिहरु क्षयिकरण गर्नबाट समेत बताउन काँग्रेस नियमित महाधिवेशनमा जोडदिए । उनले २४ भदौँको घटनाले काँग्रेस, एमाले, माओवादीमाथि प्रहार गरेको भन्दै त्यसलाई जोगाउनुपर्नेमा जोडदिए ।
उनका अनुसार कतिपय वडाहरुमा बिहीबार सर्वसम्मत वडा सभापतिदेखिका पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधी सिफारिस भएका छन, भने बाँकी वडाहरुमा शुक्रबार हुने छन ।
नेपाली काँग्रेसकी नेतृ मिना कुवरले भीमदत्त नगरका सबै वडाहरुमा भव्य रुपमा सम्पन्न भएको बताईन । उनका अनुसार १देखि १९सम्मै क्रमस प्रमानन्द जोशी हरिकृष्ण शाह पुष्पराज जोशी, नारायणदत्त पनेरु, मोहन सिह खडका, प्रकास चन्द, योगेश साउद, करन सिह साउद, शेर बहादुर विष्ट, हर्क गिरी, विशाल खत्री, विवेक कडायत गम्भिर ऐडी, भीम भट्ट, धर्मराज उपाध्याय, श्याम सिह ठगुराठी, कृष्णराज कलौनी, डम्बर जोरा निर्बिरोध निर्वाचित भएका छन ।





















Discussion about this post