दोधारा चाँदनीमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित नगर खेलकुद विकास समिति दोधारा चाँदनीको आयोजनामा वडा नम्बर ७ स्थित बाबाथान खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको आयोजना नगरपालिकाको खेलकुद क्षेत्रको विकाससँगै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने उद्देश्यले गरिएको नगर प्रमुख किशोरकुमार लिम्बुले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले युवाको खेल प्रतिभा विकास र खेलकुद प्रवर्द्धनका लागि हरेक वर्ष खेलकुदमा लगानी गर्दै आएको छ।

प्रतियोगितामा विजेता टोलीले ट्रफीसहित प्रमाणपत्र र नगद १ लाख १ हजार १ सय रुपैयाँ तथा उपविजेता टोलीले ट्रफी, प्रमाणपत्र र नगद ५१ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। नगर क्षेत्रका २० वटा फुटबल टोली प्रतियोगितामा सहभागी भएका छन्।

नगर खेलकुद विकास समिति दोधारा चाँदनीका अध्यक्ष तेजराज गिरीले खेलकुदमार्फत प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै नगरपालिकालाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले खेलकुद क्षेत्रमा नगरपालिकाले हरेक वर्ष उल्लेख्य बजेट विनियोजन गर्दै आएको समेत जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित