कञ्चनपुर, असोज १६ । कञ्चनपुरमा पछिल्लो मानव अधिकारका विषयमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) धनगढीले शुक्रबार जिल्लामा पछिल्लो मानव अधिकारका विषयमा छलफल गरिएको हो ।
ईन्सेक कञ्चनपुरका संयोजक लिली कुँवरले पछिल्लो अवस्थामा जिल्लामा समग्र मानव अधिकारका विषयमा सरोकारवालासग छलफल गरिएको बताईन । उनका अनुसार विभिन्न मानव अधिकार क्षेत्रमा कार्यरत संघ सस्था प्रतिनिधीहरुको सहभागितामा उक्त छलफल गरिएको छ ।
कार्यक्रममा ईन्सेक सुदूरपश्चिमका प्रमुख खडकराज जोशीले पछिल्ला दिनहरुमा तीनै तहका सरकारले नागरिकलाई प्रवाह गरिरहेको सेवादेखिका समाजिक अवस्था सुधार आवश्यक रहेको औल्याए ।
उनले समाजिक सचेतनाका लागि आफैबाट शुरुवात गर्नुपर्ने बताउँदै मानव अधिकारका लागि सरोकारवाला गभ्भिर हुनुपर्नेमा जोडदिए । कार्यक्रममा अधिकारकर्मी प्रभुनिधी पन्तले तीनै तहका सरकारविच नागरिकका विषयमा गम्भिर भएर अघि बढ्नुपर्ने सुझाव दिए ।
अधिकारकर्मी जानकी जोशीले जिल्लाका आरक्षपीडित,भूमिहिनदेखिका सुकुमबासीको हक अधिकारका लागि राज्य अग्रसमा जोडदिईन ।अर्की अधिकारकर्मी उर्मिला शाहीले पनि पीडितलाई कानूनी सेवा प्रवाहमा सुझाव दिएकी छिन ।
गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले सीमावर्ती जिल्लामा थुप्रै समस्या भएकाले अझैपनि जातिय विभेद कायमै रहेकाले सोचमै परिर्वतन आवश्यक रहेको औल्याए ।
कानून व्यवसायी विशम्भर नाथले शुल्क तिर्न नसक्ने पीडितका लागि वैतनिक वकील मार्फत सेवा प्रवाह भईरहेको बताए । कार्यक्रममा महिला अधिकारकर्मी सहितका सरोकारवाला सहभागि भएका थिए ।
























Discussion about this post