सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी, परिवारलाई आर्थिक राहत

कञ्चनपुर । सिटिजन लाइफ इन्स्योरेन्स क.लि. बेलौरी शाखाले बीमितको असामयिक निधनपछि परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ।

बेलडाँडी गाउँपालिका-२ का देवसिंह बुढा क्षेत्रीको अचानक निधन भएपछि उहाँकी श्रीमती तथा हकवाला मीना बुढा क्षेत्रीलाई १ लाख ९२ हजार ६२५ रुपैयाँको मृत्यु दाबी भुक्तानी गरिएको हो।

सिटिजन लाइफ इन्स्योरेन्स क.लि. बेलौरी शाखाका प्रमुख पुष्कर भट्टले आज मीना बुढा क्षेत्रीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो।

शाखा प्रमुख भट्टका अनुसार बीमा योजनाअन्तर्गत १७ वर्षपछि डीएसएबापत थप १ लाख ५० हजार रुपैयाँ बराबरको बीमाङ्क रकम प्राप्त हुने व्यवस्था रहेको बताए ।

अचानक आइपर्ने दुःखद् घटना तथा आर्थिक संकटको समयमा बीमाले परिवारलाई आर्थिक सुरक्षा र राहत प्रदान गर्ने भएकाले जीवन बीमाको महत्त्व बढ्दै गएको सिटिजन लाइफले जनाएको छ।

नियमित रूपमा सानो रकम बचत गर्दै भविष्यको आर्थिक जोखिम न्यूनीकरण गर्न सकिने भएकाले जीवन बीमा परिवारको आर्थिक सुरक्षाको महत्वपूर्ण आधार बन्न सक्ने कम्पनीको भनाइ छ।

बीमा दाबी रकम समयमै प्राप्त भएपछि मृतकका परिवारजनले दुःखको समयमा आर्थिक सहयोग प्राप्त भएको भन्दै सिटिजन लाइफप्रति आभार व्यक्त गरेका छन्।

जीवन बीमाले जोखिमको समयमा परिवारलाई आर्थिक रूपमा साथ दिनुका साथै भविष्यका लागि वित्तीय सुरक्षा सुनिश्चित गर्न सहयोग गर्ने भएकाले आम नागरिकलाई बीमाप्रति सचेत हुन शाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित