बेलडाँडीका युवा पन्त डडेल्धुरामा उत्कृट करदाता भई सम्मानित

बेलडाँडी,
बेलडाँडीका युवा पन्त डडेल्धुरा जिल्लामा उत्कृष्ट करदाताभई सम्मानित हुनु भएको छ ।
११औं राष्ट्रिय कर दिवस २०७९ तथा कर सप्ताह समापन समारोहका अवसरमा जिल्लाकै उत्कृष्ट करदाता लालमणी पन्तलाई सम्मान गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराले आर्थिक वर्ष ०७७/०७८ मा जिल्ला भरीबाट सबैभन्दा बढी आयकर दाखिला गरेकाले जिवी एल हार्डवयर प्रालिलाई सम्मान गरेको छ ।

उत्कृष्ट करदाता पन्तलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । सम्मानित संचालक पन्तले कर तिर्नु प्रत्येक नागरिकको नैतिक कर्तव्य मात्र नभएर समृद्ध राष्ट्र, समुन्नत समाजको जग पनि भएको बताए । सबै उद्योगी व्यवसायीलाई कर तिरेर नागरिकको पहिचान दिन सबैमा आग्रह समेत गर्नु भयो ।


बाल्यकाल कञ्चनपुरको बेलडाँडीमा बिताएका पन्तले युवा अवस्थामा नै डडेल्धुरामा व्यवसाय गर्दै प्रालि स्थापना गरेको ३ वर्षमानै डडेल्धुरा जिल्लामा सबैभन्दा बढी कर तिरी उत्कृष्ट करदाताका रूपमा चिनिनु भएको छ । पन्त कैलालीको अत्तरियामा रहेको मालिकार्जुन हार्डवयरको सञ्चालक समेत हुन् । उनले इमानदारिताको उचित मूल्यांकन गर्दै हरेक समय आफू उचित परामर्श दिएर सहयोग गर्ने र उत्कृष्ट करदाता घोषणा गर्ने आन्तरिक राजश्व कार्यालयलाई समेत धन्यावाद व्यक्त गर्नु भयो ।

 

उक्त कार्यक्रममा उपस्थित हरुले करलाई तिर्ने रहरका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । कुनैपनि व्यवसाय गरिसके पनि राज्यले सुरक्षा दिनु कर्तव्य भएकाले व्यवसाय गर्ने व्यवसायीले मुनाफाबाट राज्यलाई करतिनुपर्ने दायित्व रहेको बताएका थिए । करसप्ताह मनाउन मुख्य गरी करसम्बन्धी सचेता जगाउनु नै प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

मालिकार्जुन हार्डवयर संञ्चालक ग्रुपका धर्मराज जोशीले आफ्ना अभिभावकको सफलतामा खुसी व्यक्त गर्दै हार्दिक बधाई दिएका छन् । बेलडाँडीकै युवा व्यवसायी जोशीले व्यावसायिक क्षेत्रमा आफुलाई मार्गदर्शन गराउने हाम्रो टिमले अनलाइन बाट कोरोवार गर्नुका साथै राज्यलाई अहिले सम्म एक पैसा समेत नलुकाएको बताए । जोशी र पन्त अहिले अन्य व्यवसायमा समेत छिरेका छन् । उनीहरु युवा व्यावसायी गर्ने युवाहरुका लागि प्रेणाको श्रोत समेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित