बाजुरामा मतदाताको संख्याभन्दा ४० मत बढी खसेको भेटिए पछि मतगणना स्थगित

34
VIEWS

बाजुरा,
बाजुरामा मतदाताको संख्याभन्दा ४० मत बढी खसेको पाईए पछि मतगणना स्थगित भएको छ ।

जिल्लाको हिमाली गाँउपालिका वडा नम्बर ६ मा मतदाताको संख्याभन्दा ४० मत बढी खसेको भेटिएपछि मतगणना रोकिएको छ ।
प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।

बाजुरामा निर्वाचन सम्पन्न भएको १२ दिनपछी हिजो बेलुकीबाट मतगणना सुरु भएको थियो ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार