सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा लालझाडी गाउँपालिकाको जिम्मेवारी भट्टलाई

लालझाडी,
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा लालझाडी गाउँपालिकाको जिम्मेवारी भट्टलाई दिइएको छ ।

पुराना प्रशासकीय अधिकृतको ठाउँ रिक्त रहेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले लालझाडी गाउँपालिका कार्यालयमा कार्यरत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अधिकृत स्तर सातौं तहमा कार्यरत सिद्धराज भट्टलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिईएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

भट्टले जिम्मेवारी सम्हाले पछि केहिदिन देखि रोकिएका प्रशासनिक कामहरू संचालनमा अाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित