बेलडाँडी,
यातायात सेवा मानव समाजका लागि एक अभिन्न अङ्गजस्तै बनेको छ ।
नेपालको सन्दर्भमा पछिल्ला वर्षमा सवारी दुर्घटना मुलुकका लागि कहिल्यै निको नहुने क्रोनिक रोगजस्तै भइरहेको अवस्थालाई मध्यनजर गर्दै बेलडाँडी प्रहरी र ट्राफिक प्रहरीको सयुक्त आयोजनामा ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धि अभिमुखिकरण गरिएको ।
बेलडाँडी गाउँपालिका वडा नं.३ मा आज एक कार्यक्रमको आयोजना गर्दै अभिमुखिकरण गराइएको बेलडाँडी प्रहरीले जनाएको छ । बेलडाँडी वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक दिपक पातलीले ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीयकरण सम्वन्धी अभिमुखिकरण गराएका थिए ।
मुलुकमा दिन प्रतिदिन सवारी दुर्घटना बढ्नु र मानिसको अकालमा ज्यान जानु सर्वत्र चिन्ताको विषय हो । सवारी दुर्घटना एवं यसबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका उपाय तथा रणनीति राज्यले कडाइका साथ बनाउनु पर्ने धारण स्थानीयद्धारा व्यक्त गरिएको थियो ।
स्थानीय वासीहरुका अनुसार आफ्ना पालिकाभित्रका सडकको नियमित मर्मतसम्भार गर्नुपर्नेमा जोड दिनुका साथै यस्ता चेतना मुलक कार्यक्रममा पालिका गम्भिर हुनुपर्ने बताए ।
Discussion about this post