कञ्चनपुर,
कञ्चनपुरको अजयपाल मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राकृष्ण राना चयन भएका छन ।
बेलौरी नगरपालिका ९ रतनपुरको अजयपाल मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राना चयन भएका हुन । उपभोक्ता समुहको एक भेलाले अध्यक्षमा रानालाई सर्वसम्मत चयन छ ।
उपाध्यक्ष किशोर कुमार चुनारा, सचिव केशवदत्त भट्ट, सह सचिव हेमराज राना, कोषाध्यक्ष जानकी पन्त (भट्ट), सदस्य सुरेन्द्र प्रशाद भट्ट, बलदेव भट्ट, बिरु सुनारा रहेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कालिकिच उपभोक्ता समितिअन्र्तरगत रहेको सामुदायिक वनमा नयाँ कार्य समिति चयनसंगै सामुदायिक वनको बृद्धि विकास हुने अपेक्षा गरिएको छ ।
कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाको प्रमुख आथित्यमा समिति विस्तार भएको हो । कालिकिच उपभोक्ता समितिका अध्यक्ष थापाले वन संरक्षणका कार्यमा जुट्न आब्हान गरेका छन ।
Discussion about this post