कञ्चनपुर,
ज्योती विकास बैकले कञ्चनपुरको सीमावर्ती दोधारा स्वास्थ्य केन्द्रलाई बेबि वार्मर मेसिन सहयोग गरेको छ । ज्योती विकास बैंक महेन्द्रनगर शाखाले दोधाराचाँदनी नगरालिका ६ मा रहेको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा बेबि वार्मर मेसिन सहयोग गरेको हो । ज्योती विकास बैंक महेन्द्रनगर शाखा प्रबन्धक लक्ष्मण चौक्यालले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओम बस्नेतलाई उक्त मेसिन एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन ।
ज्योती विकास बैंक महेन्द्रनगर शाखा प्रबन्धक लक्ष्मण चौक्यालले समाजिक उत्तरदायित्व अन्र्तरगत स्वास्थ्य केन्द्रलाई मेसिन दिएको बताए । उनका अनुसार उक्त मेसिन डा. महाबिर पुन सहितका नेपाली बैज्ञानिकले नै पालमा निर्माण गरेको मेसिन रहेको बताए । आमाको पेटबाट शिशु जन्मिने वित्तिकै बाह्यी वातावरणसंग घुलमिन गराउन तापक्रम व्यवस्थापनका लागि उक्त मेसिनको प्रयोग गरिन्छ ।
दोधाराचाँदनी नगरपालिका ६ का वडाध्यक्ष एव स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ओम बस्नेतले बैक यस क्षेत्रका शिशुको स्वास्थ्य अवस्था सुधारका लागि मेसिन लिएसंगै ठुलो सहयोग पुग्ने बताए । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले ज्योती विकास बैंकबाट बेबि वार्मर मेसिन सहयोग पाईएसंगै सुत्केरी केन्द्रमा थप सुविधा हुने बताएका छन । गत बर्ष पनि ज्योती विकास बैंक महेन्द्रनगर शाखाले महाकाली अस्पतालमा बेबी वार्मर मेसिन दिएको थियो । राष्ट्र बैंकको नीति अनुरुप ज्योती विकास बैंक महेन्द्रनगर शाखाले कञ्चनपुरमा समाजिक कार्य गर्दै आएको छ ।,
Discussion about this post