बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटवन्धन बन्दै

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटवन्धन बन्ने भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.५ मा पर्ने चौधर नदी किनारमा गाउँपालिकाको पहल र नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाउलाखेलको सहयोगमा तटवन्ध बन्न लागेको गाउँपालिकाले जनाएको छ ।

आज विहिवार गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले उक्त कार्यको शिलान्यास गर्दै यहाँका आम जनताको पक्षमा जनहितकारी काम गरिरहने बताउनु भयो । चौधर खोला बस्तीको सिरानी तर्फ भएकाले बर्षायाममा यहाँ नागरिकहरु भयावह अवस्थामा बस्नुपर्ने समस्या समाधनका लागि तटवन्धन अनिर्वाय रहेको बताए । सानो पानी पर्दा समेत इमलिया झिलमिला, बैवाह लगायतका बस्ती अति जोखिममा रहेकाले यस तटवन्धनले ठुलो राहत मिल्ने उहाँले बताउनु भयो । चौधर खोलामा आउने पानीको बहाफलाई ध्यान दिदै उक्त तटवन्धन बनाइन लागेको हो ।

बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले भने “चौधर खोला लगायत विभिन्न खोलाहरुमा तटवन्ध निर्माणका लागि सम्वन्धित ठाउँहरुमा पहल गरेका छौं पालिकाले सक्ने कार्य पालिकाले गर्छ, पालिकाले नसक्ने कार्यका लागि सम्वन्धित क्षेत्रमा पहल गरिरहेको बताए ।” बेलडाँडी विकासका निम्ति सबैपक्षसंग हातेमालो गर्दै अघिबढ्नेमा उहाको जोड छ ।

यस्तै वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले भने “चौधर खोलाका कारण यस क्षेत्रका जनताले धेरै दु:ख पाएको बताउदै यस तटवन्धनले केहि राहत हुने जनाए ।” उहाँका अनुसार स्टमेट भन्दा उपभोक्ताहरुको माग अनुसार उचाइ बढाउनुपर्नेमा जोड दिदै काम गुणस्तरिय बनाउन सबैपक्षबाट अनुगमन हुनुपर्नेमा समेत जोड दिए । यस वडाको मुख्य समस्या चौधर खोला, सिमसार, जंगली जनावर आतंक, भारतीय खुला सिमाना मुख्य समस्या रहेको बताए । ती समस्या समते क्रमिकरुपमा समाधान गरिने उहाँले बताउनु भयो ।

नेपाली कांग्रेस बेलडाँडी सचिव कुलैराज उपाध्यायका अनुसार विकास क्रमिक रूपले हुने हुदा विकास गर्नका लागि नेपाली कांग्रेस बेलडाँडी सबै पक्षसंग हातेमालो गर्दै आएको र गरिरहने समेत बताए । उनले भने विकास बाधक कुनैपनि पक्षबाट नहुनुपर्ने बताए । त्यस्ता कुनै समस्या भए त्यसलाई प्रक्रियागत समाधान खोज्दै अगाडी बढ्नु पर्ने सुझाव समेत दिनु भयो ।

४५ लाख लागतमा १ सय ७२ मिटर लम्वाइ र ढाईफिट उचाइ भएको तटवन्धन बन्ने छ । चौधरी नदि नियन्त्रण उपभोक्ता समिति मार्फत किशोर कन्ट्रक्सन कम्पनीले निर्माणको कार्य गर्न लागेको छ ।

उक्त क्षेत्रमा तटवन्धन बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । स्थानीयहरुका अनुसार नहर र उक्त नदिका कारण सिमसार हुने भएकाले सो समस्या समेत समाधान गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित