प्रत्यक्षतर्फ पाँच र समानुपातिक तर्फबाट दुई जना गरि सात जना प्रदेश सभा सदस्य रहेकोमा तीन जना दलको नेताको दौडधुपमा रहेको पार्टीले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट चार जना संसदीय दलको नेतामा दाबी
शेरबहादुर ऐरशेरबहादुर ऐर
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट दलको नेतामा चार जनाको दाबी रहेको छ ।
प्रदेश सभामा चौथो दल बनेको रेश्म चौधरी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वको पार्टीमा चार जनाले दलको नेता बन्न दौडधुप गरिरहेका हुन ।
प्रत्यक्षतर्फ पाँच र समानुपातिक तर्फबाट दुई जना गरि सात जना प्रदेश सभा सदस्य रहेकोमा तीन जना दलको नेताको दौडधुपमा रहेको पार्टीले जनाएको छ ।
सो दलबाट कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट प्रत्यक्षतर्फ निर्वाचित रामेश्वर चौधरी, कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेताका आँकाक्षी हुन ।
लक्ष्मणकिशोर संगठन विभाग प्रमुख हुन भने कैलाश चौधरी उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष हुन्
पार्टीको संगठन विभाग प्रमुख हुनु र कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा २ मा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावललाई पराजय गरेका कारण पनि दलको नेता लक्ष्मण किशोर बन्ने सम्भावना रहेको छ ।
‘दलको नेता को बन्छ भन्नेबारे छलफल केही दिनमै अघि बढाएर टुङ्गो लगाउने तयारी गरिएको छ’ उनले भने –‘पद तथा गोपनियताको सपथ लिएसंगै छलफल गरेर दलको नेता सहमतिमा चयन गरिनेछ ।’
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना र समानुपातिकतर्फबाट २१ जना निर्वाचित भइसकेका छन् । प्रदेशमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस १२ र समानुपातिक सात गरि १९, नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ तीन गरि ११, नेकपा एमालेबाट प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ सात गरि १०, नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई गरि सात जना निर्वाचित भएका छन ।
यस्तै, एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ एक गरि चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ एक जना प्रदेश सभा सदस्य छन भने एक स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य रहेका छन् ।
एकीकृत समाजवादी पार्टीबाट कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा १ बाट निर्वाचित दीर्घबहादुर सोडारी संसदीय दलको नेताको दौडमा रहेका छन ।
Discussion about this post