सुदूरपश्चिम लगायत छिमेकी जिल्लाहरुमा एक हप्ता विद्युत् सेवा अनियमित हुने

61
VIEWS

बेलडाँडी,

सुदूरपश्चिम लगायत छिमेकी जिल्लाहरुमा एक हप्ता विद्युत् सेवा अनियमित हुने भएको छ ।

अत्तरिया ग्रिड शाखा अन्तर्गत स्याउले–अत्तरिया १३२ के.भी. प्रसारण लाइनको नयाँ स्थानान्तरण गरिएको टावर नम्बर ३७७ मा कन्डक्टर र ओपिजिडब्ल्यु स्ट्रिङिङ तथा टावर नम्बर ३४६ मा टावर विघटन, पुनः निर्माण र कन्डक्टर विश्राम लगायतका कार्य हुने भएकोले पुस ९ गतेदेखि १५ गतेसम्म विद्युत् सेवा अनियमित हुन सक्ने नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाका प्रमुख रेवत कुमार चौधरीले
हस्ताक्षर गरेको जानकारी पत्रमा उल्लेख गरिएको छ ।

 

त्यस्तै लालपुर–कलुवापुर–बेलौरी ३३ के.भी. लाइन अपग्रेड कार्य समाप्त भएसँगै नयाँ लाइनको परीक्षण र सञ्चालनका लागि कलुवापुर सब स्टेसनमा फिडर निर्माण, मिटरिङ युनिट जडान लगायत अन्तिम चरणमा रहेका कार्य सम्पन्न गर्नुपर्ने भएकोले त्यस अन्तर्गत शनिबार ३३ के.भी. लाइन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा विद्युत् सेवा अवरुद्ध रहने नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार