काठमाडौं,
लगातार घट्दै आएको शेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नै बजार परिसुचक एक सय एक दशमलव सात अंकले उकालो लागेर २६ सय ६७ दशमलव ९७ बिन्दुमा चढ्न सफल भएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले उकालो लागेर पाँच सय नौ दशमलव ९० बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर किनबेच भएका छन् । जसबाट ६४ हजार छ सय ३५ पटकको कारोबारमा ९० लाख २२ हजार आठ सय ९० कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यसदिन कारोबार रकम चार अर्ब ८७ करोड सात लाख १५ हजार तीन सय ८७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो देखिएको छ ।
Discussion about this post