सुदूरपश्चिममा नागरिक उन्मुक्तिको दलको नेतामा रामेश्वर चौधरी

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ। पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को २० बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन्। टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७ सिट जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित