बेलडाँँडीमा इसाई धर्मावलम्बीहरुद्धारा खीष्टमसको शुभकाना आदान प्रदान

बेलडाँडी,
येशु ख्रीष्टको शुभजन्मोत्सवको अवसर पारेर सोमवार बेलडाँडी गाउँपालिका वडा नं.३ मा ईसाइ समाजले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले सबै जातजाति, धर्म र संस्कृतिको उचित संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सरकार लागि परेको बताए । सबै जातजाति, धर्म, संस्कृति, मूल्य, मान्यता र अस्तित्वलाई आत्मासाथ गरी आपसमा प्रेम, सदभाव र मान–सम्मानलाई कायमराख्नु पर्नेमा प्रमुख रानाको जोड थियो ।

जातीय, धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक लगायत अनेक विविधता रहेको मुलुक नेपालको निम्ति सबैको अस्तित्वलाई साझारूपले स्वीकार गर्न सके विविधता नै बरदान हुने उनको भनाइ थियो ।

इसाई समाजले क्रिसमस डे (येशु ख्रीष्टको जन्मोत्सव) को अवसर पारेर हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आइरहेको छ । इसाई समाज उप शाखा बेलडाँडीका अध्यक्ष पाष्टर तिलक चौधरीको अध्यक्षतामा ख्रीष्टमस डेको शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।

कार्यक्रममा इसाई समाजका पाष्टरहरुले येशु ख्रीष्टको शुभजन्मोत्सव बारे प्रकाश पारेका थिए । कार्यक्रम उद्घाटनको अवसरमा प्रार्थना गर्दै विभिन्न मण्डली र चर्चका कलाकारहरुले मनोरञ्जनात्मक गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर १ देखि ५ सम्मका वडाध्यक्षहरु विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत अतिथि सहभागी थिए ।

शुभकामना आदानप्रदान कार्यक्रमको संचालन पाष्टर लक्ष्मण रानाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित